लेकसाइडको आफ्नै सपिङ सेन्टरमा आगो लगाएका गहतराज पक्राउ

पवनले उक्साएका थिए

पाेखरा | साउन २०, २०८१

लेकसाइडको आफ्नै सपिङ सेन्टरमा आगो लगाएका गहतराज पक्राउ

कास्की:  आफ्नै सपिङ सेन्टरमा विमा रकम असुल्नका लागि आगो लगाएको आरोपमा पोखरामा १ जना पक्राउ परेका छन् ।

 

उक्त गतिविधि गर्न उक्साउने अर्का एक जनालाई समेत कास्की प्रहरीले सार्वजनिक गरेको छ ।

 

कास्की प्रहरीले सार्वजनिक गर्नेमा मुख्य योजनाकार सुजन गहतराज र सहयोगी पवन नेपाल रहेका छन् । 

 

सुजनले उक्त पसलको न्यूरोड शाखाको हिमालयन एभरेष्ट इन्स्युरेन्समा २ करोड १० लाखको विमा गरेका थिए । सोही रकम असुल्ने योजनासहित आगो लगाएको बयान दिएको कास्की प्रहरीका प्रमुख एसपी मोहन कुमार थापाले बताए ।

 

उनका अनुसार उनलाई उक्त कार्य गर्न पवन नेपालले उक्साएका थिए ।
 

पवलने यसअघि पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट सञ्चालिक सफल पोल्ट्री फार्ममा आगो लगाएर इन्स्युरेन्स कम्पनीबाट ३१ लाख रुपैयाँ लिएको बताएपछि सुजनले उक्त हर्कत गरेको एसपी थापाले बताए ।

 

सुजन र पवन मिलेर गत लेकसाइडको मुक्तिानाथ सपिङ सेन्टरमा गत १७ गते आगजनी गरेका थिए ।

 

पक्राउ परेका दुई उनीहरुमाथि आपराधिक उपद्र गर्न नहुने शिर्षकमा मुद्धा दर्ता गरी ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
 

चैत २७  देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ।   विष्णुपादुका क्लब हेमजाले   शनिवार १४ राष्ट्रिय हेमजा  आलु महोत्सव मूल आ...

थप पढ्नुहोस्

नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ ।   केन्द्रीय प्रहरी प्रवक्ता प्...

थप पढ्नुहोस्

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्